देश दौडाहामा ‘द्रौपदी’ टीम, चैत ८ देखि प्रदर्शनमा

काठमाडौं,
चैत १ ।

चैत ८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘द्रौपदीको टीमले आफ्नो प्रचार-प्रसारलाई तिब्र बनाएको छ । यो चलचित्रको टीजर, गीत अनि ट्रेलरले चर्चा पाइरहेको बेला द्रौपदी समूह देश दौडाहामा निस्किएको हो ।

चलचित्रको समूहले बुटवलमा पत्रकार भेटघाट गर्‍यो । त्यसपछि सैनामैनामा गोल्डकपको समापनमा चलचित्रका गायक तथा अभिनेता रबि ओड, लेखक, निर्देशक, अभिनेता तथा निर्माता ऋषिराज आचार्य, चलचित्रका कलाकार अनि निर्माता प्रकाश ज्ञवाली, कलाकार सुजाता तिमल्सिना लगायतको टोलीले आफ्नो चलचित्रको गीत ‘कर्णाली काटौँला मुया पिरिमसँगै साटौँला’ गाउनुका साथै अभिनेत्रीलेले नृत्य प्रस्तुति पनि प्रस्तुत गर्नुभएको थियो ।

टोलीले दाङ्ग अनि नेपालगञ्ज, पोखरा, चितवन लगायतका ठाउँहरूमा चलचित्रको बारेमा जानकारी गराउँदै काठमाडौं फर्किने कार्यक्रम छ ।
निर्देशक आचायका अनुसार धेरै ठाँउबाट चलचित्रको गीत, टीजर, ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको, चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भइरहेको अनि विभिन्न ठाउँबाट द्रौपदी हेर्न चैत ८ गते गाडी रिजर्भ गरेर सिनेमा हलसम्म आउने तयारी गरिरहँदा उत्कृष्ट व्यापार गर्नेमा आशावादी रहेको बताउनुभयो । चलचित्रमा भएका दृश्य तथा रहस्यमय प्रकारका सम्बादले चलचित्रमा केही विशेष छ भन्ने देखाउँछ ।

चलचित्रमा निर्देशक आचार्य, आश्विनी शाही, गायक रवि ओड, विष्णु ठडराई, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, प्रकाश ज्ञवाली, सुरज अधिकारी लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह–निर्मातामा हुनुहुन्छ ।

मोहनकुमार झिल्लुको छायांकन र ड्रोन रहेको चलचित्रमा रवि ओडको संगीत, विष्णु ठडराईको कोरियोग्राफी, अनिलकुमार महर्जनको कलर एवम् सम्पादन, कोविन्द सोनीको साउन्ड डिजाइन र सौरभ शर्मा बस्यालको ब्याकग्राउन्ड स्कोर छ ।

यसमा तपाइको मत

अन्य समाचार