काठमाडौं,
फागुन २६ ।
नेपाली मोडल सृष्टि खड्का र हरि पाण्डेको अभिनय रहेको हिन्दी गीत ‘सनम बे…’ सार्वजनिक भएको छ । काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो । भारतीय गायिका मेहर अन्जुम र गायक प्रजेशको स्वरमा रहेको यो गीत भारतमै रेकर्ड गरिएको यो भने भिडियो नेपालमै निर्माण गरिएको हो । सोनु मिश्राले लेखेको यो गीतमा राज वीरले संगीत भर्नुभएको हो ।
बाराको सिमरा क्षेत्रमा छायांकन गरिएको यो गीतको भिडियोमा उमेर ढल्केको पुरुष र कम उमेरकी युवतीबीचको प्रेम सम्बन्ध देखाइएको छ । पर्दामा हरि र सृष्टिको रोमान्स आकर्षक देखिएको छ ।
सञ्जय पाण्डेले निर्देशन गर्नुभएको भिडियोमा कृष्ण रसालको नृत्य कोरियोग्राफी छ । दीर्घ गुरुङको छायांकन गरेको भिडियोको सम्पादन एवं रंग संयोजक राजेन्द्र पाण्डे हुनुहुन्छ । वान वल्र्ड प्रोडक्सनमा पोष्ट प्रोडक्सन गरिएको यो गीतको भिडियोलाई सृष्टि खड्का अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






