काठमाडौं,
फागुन २४ ।
फागुपूर्णिमा नजिकिँदै गर्दा समीक्षा र विश्व चौधरीको स्वरमा होली गीत ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक भएको छ ।उपेन्द्र ‘अविरल जिज्ञासु’ र विश्व चौधरीको शब्द, संगीत रहेको गीतमा रेकर्डिस्ट एसबी मुस्कान, मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीको छ ।
सुरज महतोको निर्देशन रहेको गीतको भिडियोमा देव महतो र ममता चौधरीको मुख्य भूमिका रहेको छ । विक्रमको छायांकन रहेको गीतको भिडियोमा सुरज महतोको सम्पादन र कलरिङ छ ।






