काठमाडौं,
फागुन १९ ।
चलचित्र ‘पूर्ण बहादुरको सारंगी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ बनाउने भएका छन् । आइतबार एक थिम पोष्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको हो । आगामी साउन २४ गते सिनेमाघरमा चलचित्र ल्याउने घोषणा गरिएको छ ।
मुकेश खनालको कथा रहने चलचित्रलाई सुशान्त गौतमले निर्देशन गर्नुहुनेछ । सेभेनसिज् प्रालिको व्यानरमा चलचित्रलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गर्नुहुनेछ । चलचित्रमा कलाकारको लाइनअप भने फाइनल भइनसकेको जनाइएको छ ।






