‘आउट ल: दफा २१९’ को ट्रेलर सार्वजनिक

काठमाडौं,
फागुन १७ ।

यही फागुन २९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र  ‘आउट लस् दफा २१९’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सन प्याक्ड छ जसमा अभिनेता सुशील श्रेष्ठलाई ‘एक्सन स्टार’को रूपमा उतारिएको छ ।

ट्रेलरमा चलचित्रको मेकिङ, कथावस्तु र एक्सन उत्कृष्ट देखिन्छ । नायक सुशील श्रेष्ठ ‘एक्सन स्टार’को भूमिकामा देखिनुभएको छ ।

चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।

विक्की महर्जनको लेखन र निर्देशनमा बनेको यो चलचित्रमा अमित अग्रहरी र निशा गुइडेको लगानी छ । चलचित्रको पटकथा विक्की महर्जन र विनोद कठायतले लेख्नुभएको हो भने नवीन गुरुङले छायाङ्कन छ । विकास चौधरी सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्माता विनोद कठायत हुनुहुन्छ । साहिल खानको सम्पादन रहेको चलचित्रमा चुल्ठे काजीको एक्सन निर्देशन छ ।

यसमा तपाइको मत

अन्य समाचार