‘मायावी’को ‘बिहानीको न्यानो मौसम’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फागुन १६ ।

बुधबारदेखि सिनेमाघरमा आएको चलचित्र ‘मायावी’को नयाँ गीत ‘बिहानीको न्यानो मौसम’ सार्वजनिक भएको छ । एसडी योगीको स्वर र संगीतमा समावेश यो गीतमा राम अविरल बिष्टको शब्द छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य तीन कलाकार पल शाह, दीपिका प्रसाईं र नव-नायक समिम खानको अभिनय छ । यो गीतको भिडियोले पनि चलचित्र त्रिकोणात्मक प्रेमकथामा बनेको वुझ्न सकिन्छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अन्शु महर्जन, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय छ ।

ध्रुव न्यौपाने, राज कटुवाल, चन्द्र पन्तको लगानी रहेको यो चलचित्रमा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । क्रियटिभ सिने आर्टस्का लागि चलचित्रमा नेम महर्जनको पनि लगानी छ ।
राजु विक्रम थापाको डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, कविराज गहतराज र प्रविण खतिवडाको कोरियोग्राफी छ ।

यसमा तपाइको मत

अन्य समाचार