अविरलले ल्याए ठक्कर (भिडियोसहित)

काठमाडौं,
फागुन १६ ।

गीतकार तथा चलचित्र निर्माता अविरल थापाको शब्द रचना रहेको गीत ‘ठक्कर’सार्वजनिक भएको छ । विनोद बानियाँको स्वर तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सिद्धार्थ पुडासैनीले निर्देशन गरेको गीतको भिडियोमा राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।
समाजमा बढ्दै गएको निराशा, विग्रह, हत्या र आत्महत्यालाई निरुत्साहन गर्न गीतसंगीतको माध्यमबाट आशा र हिम्मतको सञ्चार गराउने उद्देश्य गीतमा रहेको थापाले बताउनुभयो । थापा निर्माता रहेको चलचित्र ‘भूठान’ २०८२ वैशाख १२ गतेदेखि सिनेमाघरमा आउँदै छ ।

यसमा तपाइको मत

अन्य समाचार