काठमाडौं,
फागुन १६ ।
वागमति प्रदेश काष्ठमण्डप सितोरियो कराते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरको आयोजनामा त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको प्रतियोगितामा काठमाडौंले चार स्वर्ण, तीन रजत पदक जित्दै टिम च्याम्पियनको उपाधि जितेको हो ।
यसैगरी भक्तपुर र चितवनले बराबर दुई स्वर्ण एक रजत र तीन कास्य पदक प्राप्त गरेकाले गोला प्रथाद्वारा चितवन दोस्रो र भक्तपुरले तेस्रो स्थान हासिल गरेको थियो । पदक प्राप्त विजेता खेलाडि तथा टिमलाई वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, वागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा लगायतले पदक तथा ट्रफि प्रदान गर्नुभएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष नौ र महिला आठसहित कुल १७ स्पर्धामा ९०० भन्दा बढी कराते खेलाडिहरूले सहभागीत जनाएका थिए । प्रतियोगिताको कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार काफ्लेले एक समारोहकाबीच समुद्घाटन गर्नुभएको थियो ।






