काठमाडौं,
फागुन १५ ।
देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर बाहुल्यता रहेका देशका विभिन्न क्षेत्रमा यो दिवस आज विभिन्न कार्यक्रमगरी मनाइँदै छ । ती क्षेत्रमा दर्जनौँ स्थानीय तहले स्थानीय विदा दिएका छन् ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर संघको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हो ।






