छायांकनमा ‘कुस्ती’

काठमाडौं,
फागुन १५ ।

चलचित्र ‘कुस्ती’को छायांकन आरम्भ गरिएको छ । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको यो चलचित्रको काठमाडौं मातातीर्थमा मुहूर्तगर्दै छायांकन आरम्भ गरिएको हो । धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकन गरिएको सुरु गरिएको थियो । चलचित्रलाई अनिल योञ्जनले निर्देशन गर्दैहुनुहुन्छ । ‘शहरको कथा भएकाले हामीले काठमाडौं आसपासमा छायांकन गर्ने छौं । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको चलचित्रमा उनीहरू एक अर्कालाई धेरै माया गर्छन्, तर आ-आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’, चलचित्रका लेखकसमेत रहनुभएका निर्देशक योञ्जनले भन्नुभयो ।

उहाँले काठमाडौं आसपासमा ४५ दिनको सेड्युल तय गरेर छायांकन सुरू गरेको उहाँले जानकारी दिनुभयो । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा धीरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, उत्तम केसी, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारको अभिनय रहेनछ ।
आफ्नो पहिलो चलचित्र निर्माण भएका उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कलाकारिता बटुलेको अनुभवलाई चलचित्र निर्माणमा प्रयोग गरेको छु । एउटा राम्रो कथा र राम्रो टीम पाएकाले म निर्माताको रुपमा अगाडि आउन सफल भएको हुँ । हामीले देखेको सपना छिटै पूरा भएर पर्दामा आउँदै छ ।’

चलचित्रमा उमङग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको चलचित्रमा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गर्नुभएको छ ।

काठमाडौं रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार