काठमाडौं,
फागुन १३ ।
महाशिवरात्रिको अवसर पारेर भोलि (बुधबार)देखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मायावी’ले ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको छ । चलचित्र जाँच पास समितिले चलचित्रलाई ‘युनिभर्सल’ सर्टिफिकेट दिएसँगै अब यो चलचित्र हरेक वर्गका दर्शकले हेर्न पाउनेछन् ।
चलचित्रमा निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन छ । लभ स्टोरी जनरामा बनेको यो चलचित्रमा नायक पल शाह र नायिका दीपिका प्रसाईंसँगै कलाकारद्वय प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ र नव-नायक समीम खानको मुख्य भूमिका छ ।
राजुविक्रम थापाको डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । राजु पराजुली र सुमित वलीको सह-निर्माण रहेको चलचित्रमा प्रवीन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रूपमा हुनुहुन्छ । चलचित्रमा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ ।






