साहित्यकार लेकालीलाई माउण्ट ग्लोरी इनटरनेसनलको सम्मान

काठमाडौं,
फागुन ४ ।

अनेसासका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मानित हुनुभएको छ । माउण्ट ग्लोरी इनटरनेसनल बोडिङ हाई स्कुल, बसुन्धरा, काठमाडौंले राष्ट्रिय नाचघरमा आयोजित एक विशेष समारोहमा शुक्रबार उहाँलाई यो सम्मान अर्पण गरेको हो ।

नेपाली साहित्य सिर्जना र संस्थागत योगदानको लागि सो सम्मान अर्पण गरिएको बताइएको छ । लेकालीलाई सो सम्मान पूर्वराजदूत एवं पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले अर्पण गर्नुभएको थियो ।

सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमक प्रस्तुत गरेका थिए । स्कुलका प्रमुख गणेश श्रेष्ठले कार्यक्रमको उद्देश्य र महŒवमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको । कार्यक्रममा वरिष्ठ साहित्यकार डा.शैलेन्दुप्रकाश नेपाल, लात्भियाका लागि अवैतनिक वाणिज्यदूत करण वैद्य, डा.गरिमा श्रेष्ठ, समाजसेवी लक्ष्मी शर्मा, सर्जक जीवन श्रेष्ठ तथा विभिन्न स्कुलका प्रमुखलगायत अभिभावक र विद्यार्थीको बाक्लो उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार