छयांकनमा ‘पीआर’

काठमाडौं,
माघ ३० ।

चलचित्र ‘पीआर’को छायांकनको आरम्भ गरिएको छ । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने यस चलचित्रको मंगलबारबाट छायांकन आरम्भ गरिएको हो । अष्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा चलचित्रको मुहूर्तसँगै छायांकन सुरु भएको हो । रञ्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।

निर्देशक बस्नेतका अनुसार कलाकारहरू आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पूजा चौधरी र आस्मा अधिकारीले मुहूर्त सट दिनुभएको थियो । चलचित्रमा आर ए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विनिता कार्की, आश्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको अभिनय छ ।

चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसीका गणेश केसी कार्यकारी निर्माता हुनुहुन्छ ।

चलचित्रमा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ । निर्देशक बस्नेतले चलचित्रको छायांकन अष्ट्रेलियाको विभिन्न शहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार