यस्तो छ ‘ताण्डवम्’को ट्रेलर

काठमाडौं,
माघ २९ ।

चलचित्र ‘ताण्डवम्’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको यो चलचित्रको सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ‘त्यो रात के भयो ?’ भन्ने सवांदबाट सुरु भएको चलचित्रको ट्रेलर ‘भगवान पनि म, अनि राक्षस ?’ बाट अन्त्य गरिएको छ । ‘ताण्डवम्’को ट्रेलर सस्पेन्स तथा थ्रिलर महसुस गराउन सफल देखिन्छ ।

निर्देशक जुनिक गहतराज पनि चलचित्रका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकाले सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गर्नुहुन्छ । चलचित्र महाशिवरात्रीको पूर्वसन्ध्या पारेर फागुन ९ गतेबाट नेपालभरका सिनेमाघरमा आउँदै छ ।

चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ । चलचित्रले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरू जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुनुहुन्छ । हरि घले लामाले खिचेको यो चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक छ । चलचित्रको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेख्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार