वर्षालाई ‘मिसेस ब्युटी क्विन नेपाल २०२५’को ताज

काठमाडौं,
माघ २३ ।

वर्षा कुवरले ‘मिसेस ब्युटी क्विन’ नेपाल सिजन सातको ताज चुम्नुभएको छ । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई पछि पार्दै कुँवरले ताज पहिरिनुभएको हो । उहाँले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालीटीको उपाधि समेत प्राप्त गर्नुभएको थियो । वर्षाले ताजसँगै रेफ्रिजेनेटर, लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर र डम डाइनामीक वाट २० हजारको गिफ्ट भौचर साथै अन्य उपहारहरू प्राप्त गर्नुभयो ।

प्रतियोगितामा करुणा विक फष्ट रनरअप हुनुभयो । उहाँले मष्ट ट्यालेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल हुनुभयो । क्रणाले ३२ इन्चको टिभी, लेटमिइनको तर्फबाट ३० हजारको गिफ्ट भौचर पनि प्राप्त गर्नुभयो ।

यसैगरी प्रतियोगितामा सेकेन्ड रनरअप रिन्जु कुसवहा हुनुभयो । उहाँले फोटोजेनीकको पनि उपाधि जित्न सफल हुनुभयो । थर्ड रनरअप सिवानी मित्र र चौथो रनरअप उर्मीला कनौजिया मगीया हुनुभयो । अर्गनाइजर च्वाइसको उपाधि भने अन्जु क्षेत्रीले जित्नुभएको थियो ।

प्रतियोगिताका अन्य विधामा अनिता देवी साहले फेन्ड्ली, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रियटीभ, अम्विका गजमेर भ्युओरस च्वाइस, भावना ऐडी व्यूटीफूल स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले व्यूटीफूलको उपाधि जित्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले बिबाहित महिलाहरूको सौन्दर्य साथै आन्तरिक क्षमता, आत्मविश्वास साथै महिलाहरूको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताको निर्णायक मण्डलमा मुख्य निर्णायकको भूमिकामा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डा. विनिता राज, जुम्बा प्रशिक्षक तथा मोडल सोनाम केसी, नेपाल एयरहोस्टेस एकेडेमीका प्रशिक्षक ईश्वरा पछाई, एसोसिएट कन्सल्टेन्ट एमडी, साइकियाट्री डा. ऋचा अमात्य ,व्यवसायी सुनिता अधिकार, कान्तिपुर टिभीकी उपसम्पादक तथा टिभी प्रस्तोता रुबिना थापा, गायिका मोडल तथा सामाजिक अभियन्ता रेखा शाह रहेको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार