‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ २३ ।

आगामी फागुन ९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ (ए सानु) सार्वजनिक गरिएको छ । रोमान्टिक भावको गीतमा सुशान्त गौतमको शब्द रचना तथा संगीत छ भने इन्द्रकला राईको पार्श्व गायन छ ।

रोशन विश्वकर्माको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता जुनिम गहतराज र अभिनेत्री सरिना मगर चित्रित हुनुहुन्छ । चलचित्रमा जुनिम र सरिनासहित पुष्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाल लगायतका कलाकारको अभिनय छ ।

सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोसँग निर्माणमा सहकार्य गरेको चलचित्रमा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम निर्माताको रुपमा हुनुहुन्छ । हरि घले लामाको छायांकन रहेको यो चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुशान्त गौतमको संगीत तथा कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक छ । यसको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले मिलेर लेख्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार