ललितपुर,
माघ २३ ।
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि जनकपुरमा आयोजना हुने भएको छ । आयोजक संवाद फाउन्डेसनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरमा जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।
नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजीसँगै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मिथिलाको संस्कृति विश्वमाझ चिनाउनका लागि जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रले आवदेन दिएको र नेपाली पानोराममा नेपालबाट आवदेन आउने क्रम जारी रहेको संवाद फाउन्डेसनले जनाएको छ ।






