‘मितज्यू’ निर्माण हुने

काठमाडौं,
माघ २२ ।

चलचित्र ‘मितज्यू’ बन्ने भएको छ । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर सोमबार यो चलचित्रको घोषणा गरिएको हो । जनक घर्तीमगरको लगानीमा बन्ने चलचित्रलाई अनिल बुढा मगरको निर्देशन गर्नुहुने छ । सार्वजनिक चलचित्रको पेन्टिङ थिम पोष्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यानअगाडि हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ टिमले यो चलचित्रको घोषणा गरेको हो ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्ने ‘मत्ज्यू’को छायांकन अर्को वर्षबाट सुरु हुनेछ । चलचित्रमा को–को कलाकार रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन् । केही दिनपछि बाट चलचित्रको काष्ट एण्ड क्रिउको बारेमा जानकारी दिँदै जाने निर्माता जनक घर्ती मगरले बताउनुभयो । यो चलचित्र २०८२ को चैत २७ गतेबाट प्रदर्शन हुने बताइएको छ ।

महेश राईको लेखन रहेको चलचित्रका प्रोडक्सन कन्ट्रोलर धनबहादुर राई हुनुहुन्छ । नोभिस आट्र्सले डिजाइन गरेको पोष्टरको पेन्टिङ पुष्प आले मगरले गन्र्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार