बोर्डद्वारा क्यान्सर पीडित कलाकार राजनलाई आर्थिक सहयोग

काठमाडौं,
माघ १९ ।

चलचित्र विकास बोर्डले क्यान्सर पीडित कलाकार राजन थापाको उपचारका लागि एक लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । चार दशकदेखि नेपाली कलाकारितामा सकृय थापालाई विगत एक बर्षदेखि आन्द्रामा क्यान्सर भई आर्थिक अभाव झेल्दै गरेकोले चलचित्रकर्मी कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसी, कोषकी संयोजक वसुन्धरा भुसाललगायतले चेक प्रदान गर्नुभएको हो ।

२०३९ सालदेखि कलाकारितामा प्रवेश गर्नुभएका थापाले ‘६ एकान ६, दुश्मन, ईकु, कंगाल, सम्पति’ लगायतका ठूलो पर्दाका चलचित्रहरूमा तथा ‘अविरल बग्दछ ईन्द्रावती, रहरै भो, श्रीमान् श्रीमति, तितोसत्य, चक्कर, भुईचालो, सञ्चय’ लगायतमा समेत अभिनय गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार