सोनाम ल्होसारको अवसरमा टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै विजय लामा

काठमाडौं,
माघ १६ ।

सोनाम ल्होसारको अवसर पारेर गायक विजय लामाको राजधानीको टुँडिखेलमा सांगीतिक प्रस्तुति हुनेभएको छ । २८६१औं सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुति दिन लाग्नुभएको हो ।
विजय लामा एण्ड द व्याण्डको प्रस्तुति रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरू ‘नखानु पानी तोङबाको’, ‘उभो उभो लेकमा म जाँदा’, ‘रोसी खोला पारी मेरो मामा’, ‘माया है बस्ला रसैले’लगायत एकदर्जन बढी गीत गाउनुहुनेछ । सोनाम ल्होसारको अवसरमा टुँडिखेलमा आर्कषणको केन्द्रमा नै गायक विजय लामा रहनुहुनेछ । लोसार मूल समारोह समितिको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रमको व्यवस्थापक नमस्ते साउण्ड रहेको छ ।

यसैबीच टुँडिखेलको कार्यक्रम सकिएलगत्तै भोलिपल्ट नै गायक लामा सांगीतिक प्रस्तुतिका लागि दुबई उड्नुहुनेछ । उहाँले फेब्रुवरी १ तारिखका दिन दुबईको क्लब याक एण्ड यती एभरेष्ट बर दुबईमा एकल सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ । जसको आयोजक दुबई नेपाली रक्स रहेको गायक लामाले जानकारी दिनुभयो । गायक लामाले दुबईमा पनि आफ्ना दर्जन बढी गीत गाउनुहुनेछ । पछिल्ला दिनमा सामाजिक काममा पनि व्यस्त गायक लामाले देशभरका गरिब दुःखी र बाबुआमा नभएका असहायका लागि काम गरिरहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार