गोपी उप्रेतीको ‘प्रकृत्या सहजीवनम्’को परिचर्चा

काठमाडौं,
माघ १४ ।

कवि प्राडा. गोपी उप्रेतीको कवितासङ्ग्रह ‘प्रकृत्या सहजीवनम्’को परिचर्चा गरिएको छ । काठमाडौं आइतबारमा एक विशेष कार्यक्रमबीच साहित्यिक पत्रकार संघको आयोजनमा उक्त कृतिको परिचर्चा गरिएको हो । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्राडा. गोविन्दराज भट्टराईले उप्रेतीको कवितासङ्ग्रह ‘प्रकृत्या सहजीवनम्’को चर्चा गर्दै प्रकृति र मानव जीवनको महत्वमाथि प्रकाश पार्नुभएको थियो । साथै साहित्यकारहरू कृष्ण बाउसे, डा. दामोदर पुडासैनी र मन्जिला अनिलले ‘प्रकृत्या सहजीवनम्’बारे आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ इतिहास विद् प्राडा. सुरेन्द्र केसी, मानवअधिकारकर्मी सुशील प्याकुरेल, कृतिकार कवि उप्रेती, सभाध्यक्षराधेश्याम लेकालीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पुरस्कार समितिका निवर्तमान अध्यक्ष कवि उप्रेतीलाई मायाको चिनो, टोपी र मालाले सम्मान पनि गरिएको थियो । कार्यक्रमको सञ्चालन सर्जक कमला रिसालले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार