‘जनै हराएको बाहुन’मा विजय बराल

काठमाडौं,
माघ १४ ।

चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । यस चलचित्रमा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जानकारी गराउनुभयो । बरालले ‘जनै हराएको बाहुन’ चलचित्रको लागि लेखिएको स्क्रिप्ट मन परेर जोडिएको प्रतिक्रिया दिनुभएको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको छ ।

पेपरक्लिप प्रालिले निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के.मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहनुभएको छ ।

चलचित्रमा नवीन गुरुङ छायांकारका रूपमा रहनुभएको छ भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’ हुनुहुन्छ भने एसोसिएट निर्देशक ‘प्रेम गीत-३’का कलाकार मनिस राउत हुनुहुन्छ । भिएफक्स सुपरभाइजर मयंक निरौला रहनुभएको छ । चलचित्रका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनमा सार्वजनिक गरिने जनाइएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार