काठमाडौं,
माघ १४ ।
गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘नयाँ बाटो रोज्दै छु’ सार्वजनिक भएको छ । गीतमा हरि कटुवालको शब्द तथा सन्तोष श्रेष्ठको संगीत र सञ्जीव बराइलीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
देवराज आचार्यको निर्देशन रहेको गीतको भिडियोमा गीता ढुंगाना र पर्वत गदाइली फिचर्ड हुनुहुन्छ । भिडियोमा युवा युवतीबीचको सफल हुन नसकेको प्रेम र पीडा देखाइएको छ ।
निर्देशक आचार्यकै छायांकन रहेको भिडियो पदम सुवेदीले सम्पादन गर्नुभएको छ । गीतको भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत बजारमा आएको हो ।






