काठमाडौं,
माघ १२ ।
नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेस्रो संस्करणको सम्पन्न भएको छ । संगीतको २४ विधा र फिल्मको सात विधा गरी जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको संयोजक सुरज पौडेलले जानकारी दिनुभयो ।
अवार्डमा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई २५ हजार ५५५ रुपैयाँ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । पत्रकार सामिप्यराज तिमल्सेनालार्इ ११ हजार १११ नगद रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिएको जनाइएको छ । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख अतिथि रहेको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको विशेष उपस्थितिमा साथमा नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाक्षेत्रका व्यक्तित्वको उपस्थिति थियो।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनु हुनेमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, इन्टरनेसनल मोडल दीपक घिमिरे, निर्देशक घनश्याम लामिछाने, बरिष्ट पत्रकार तथा गीतकार गोपालप्रसाद थपलिया, किड्स मोडल अनया शाह, फेशन डिजाइनर विकाश खड्का, गीतकार हरि उप्रेती, समाजसेवी कमलप्रसाद दाहाल, फेशन डिजाइनर पुरनबहादुर कुँवर, गायक रुद्रशेखर शर्मा रहनुभएको थियो । अवार्डको जुरी टिममा संगीतकार राजु सिंह, छायाँकार राम केसी, कोरियोग्राफर लिगेश भट्टराई र मोडल उत्साह घिमिरे रहनुभएको थियो ।
विजेताहरू गीत संगीत तर्फ
उत्कृष्ट गायन पुरुष (आधुनिक)
रमेश पाठक- सातै सुर
उत्कृष्ट गायन महिला (आधुनिक)
मनु दाहाल-एउटै बर्को पिरतीको
उत्कृष्ट संगीतकार (आधुनिक)
नरहरि प्रेमी-मनको मझेरी
उत्कृष्ट गायिका (लोक)
आशा लामा ‘ज्ञानमाला’-रातो रातो गाला
मिक्स मास्टरिङ्ग
चन्द्र चौधरी-जुग जाने माया
उत्कृष्ट म्युजिक भिडियो निर्देशक
कृष्ण पौडेल-भन कति चाहियो माया
जुरी अवार्ड -दिलिप समन-पान पुतली माया
पब्लिक च्वाइस अवार्ड-सविन कुमार तोलांगी -पिरतीले सल्काई देउ
उत्कृष्ट म्युजिक भिडियो छायाँकार
रामेश्वर हुमागाईं-एउटै बर्को पिरतीको
उत्कृष्ट कोरियोग्राफर
प्रकाश तिमल्सिना-प्रेमिल मन
उत्कृष्ट मेकअप आर्टिस्ट
रबी केसी- ए जिन्दगी
उत्कृष्ट मोडल पुरुष (आधुनिक)
पुस्कर राउत-झुठो बोल्दिन
जुरी अवार्ड-अनुराग थपलिया-पिरतीले सल्काई देउ
उत्कृष्ट मोडल महिला (आधुनिक)
साया भण्डारी-चमेली फूल को हजुर
जुरी अवार्ड-कबिता न्यौपाने-थाहै थिएन
उत्कृष्ट शब्द रचना
केशव शर्मा बेलबासे-बुझ्नै सकीन
उत्कृष्ट लोक गायन मेल
शम्भु फोम्बो-पुर्वैको मारुनी
जुरी अवार्ड-देवराज आले-मास्टरनी
उत्कृष्ट मोडल लोक (पुरुष)
भुवन के.पोखरेल-सिर सिर पिपल पातले
जुरी अवार्ड-सुरेन्द्र महर्जन-गाउँ हेर्यो गाउँ सबै
उत्कृष्ट गायन (नयाँ प्रतिभा)
सोनीका प्रिन्सेस -सिन्धुली घुम्न जाउँ
जुरी अवार्ड-एड्रिका थापा- वन टाइम
उत्कृष्ट मोडल (नयाँ प्रतिभा)
बिबेक कार्की-खुल्दुली २
पब्लिक च्वाइस-प्रिन्स युवराज कार्की -चमेली फूल को हजुर
जुरी अवार्ड-ईश्वर श्रेष्ठ-नयनले खोजि
उत्कृस्ट मोडल लिम्बु भाषाको म्युजिक भिडियो
पुस्पान्जली तित्लिंग लिम्बु
पब्लिक च्वाइस अवार्ड
संजिव थेबे लिम्बु
फिल्मतर्फ विजेता
उत्कृष्ट फिल्म
बुलाकी
उत्कृष्ट फिल्म निर्देशक
मिलन चाम्स-गोर्खा वारियर
उत्कृष्ट अभिनेत्री
दिया पुन-दयारानी
उत्कृष्ट अभिनेता
मुकुन भुसाल-गणपती
उत्कृष्ट पटकथा
राजबहादुर साने-बुलाकी
उत्कृष्ट नव अभिनेता
बिराज बिस्ट- बुलाकी
जुरी अवार्ड-रितेश चाम्स-गोर्खा वारियर
कल्चरल फिल्मतर्फ
उत्कृस्ट अभिनेता (कल्चरल फिल्म)
सागर केरुङ्ग-चे
उत्कृष्ट अभिनेत्री (कल्चरल फिल्म)
लक्ष्मी योङ्घहाङ्ग लिम्बु-रीत
उत्कृष्ट निर्देशक (कल्चरल फिल्म)
दिनेश लिङ्ग्देन- रीत
उत्कृष्ट पटकथा (कल्चरल फिल्म)
सागर केरुङ्ग-चे
उत्कृष्ट कल्चरल फिल्म
लोजिमा
उत्कृष्ट सह अभिनेता (कल्चरल फिल्म)
पूर्ण सेलिङ्ग-रीत






