काठमाडौं,
माघ ७ ।
जनक रावलको नयाँ गीत ‘म नरोएको रात’ सार्वजनिक भएको छ । जनककै शब्द, संगीत र स्वरमा रहेको वियोगान्त भावको गीत ‘म नरोएको रात’को भिडियो सार्वजनिक भएको हो । हार्मोनिक डिजिटलमा रेकर्ड भएको यस गीतमा विशन मानन्धरको म्युजिक एरेन्ज ।
वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस गीतको भिडियोका छायांकार एवं सम्पादक वीरेन्द्र भाट ‘विपिन’ हुनुहुन्छ । प्रेमिकाले धोका दिएपछि विक्षिप्त बनेको प्रेमीको कारुणिक अवस्थालाई गीतमा चित्रण गरिएको छ ।
भिडिओमा सर्जक/कलाकार जनक स्वयंले अभिनय गर्नुभएको छ । गीतको भिडियो रावलकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रावलले केही दिनअघिमात्र आफ्नै शब्द, संगीत र स्वरमा रहेको प्रेमगीत ‘मुखले तिमी बोलिनौ’को भिडियो सार्वजनिक भएको थियो । उहाँले ६ वर्षको अन्तरालमा संगीत क्षेत्रमा ‘कम व्याक’ गर्नुभएको हो ।
कथा, कविता, नाटक, गीत गलज, मुक्तकलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका उहाँका पाँच दर्जन जनि गीत सार्वजनिक भइसकेका छन् भने उहाँको कथासंग्रह ‘खाटा बसेको घाउ’ पाठकमाझ आएको छ ।






