काठमाडौं,
माघ ७ ।
सारिका घिमिरे, रमेश पाठक र रामकृष्ण थापाको स्वरमा रहेको गीत ‘न जाउ भने मायाले बोलाको’ सार्वजनिक भएको छ । रमेश कै शब्द, शोभित तामाङको संगीत, रामकृष्णको एरेञ्ज र दिनेश न्यौपानेको मिक्सिङ रहेको काठे भाका ‘न जाउ भने मायाले बोलाको’ गीतको भिडियो सार्वजनिक भएको हो ।
रमशकै निर्देशन रहेको गीतको भिडियोमा शिला गजुरेल, रमेश, रामकृष्णलगायतलाई फिचरिङ गरिएको छ । नारायण गुरुङको छायांकन रहेको भिडियोमा ओम प्रसाईंको सम्पादन छ । गीतको भिडियो फाष्ट क्रियशन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।






