काठमाडौं,
माघ ७ ।
गायन प्रतियोगीता शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’को प्रशारण आउँदो हप्तादेखि सुरु हुनेभएको छ । ‘रिल्स इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा तयार भएको ‘सिङ्गिङ स्टार नेपाल सिजन–१’ आउँदो हप्ता माघ १२ गतेदेखि प्रशारणमा आउन लागेको हो । यो शो प्रत्येक हप्ताको शनिवार र आइतबार राति ९ः०० बजे प्राइमटाइमस एचडी टिभीबाट प्रशारण हुँदैछ ।
नेपालकै मौलिकतालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित तयार गरिएको मौलिक नेपाली शोमा निर्णायकको भूमिकामा गायिका डा.त्रिशला गुरुङ, संगीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल रहनुभएको छ । संगीतकार पोखरेलले यस प्रतियोगिताले सहभागी अन्तिम १४ मध्ये गायन क्षमता भएकाले अवसर दिने जानकारी दिनुभयो ।
कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशक प्रमोदकुमार भण्डारी र निर्माता टोलीमा शिखर गौतम, बुद्धिप्रसाद ढुंगाना, र नभराज चौलागाईं रहनुभएको छ । कार्यक्रमको सञ्चालन नम्रता श्रेष्ठ र विशाल पोखरेलले गर्नुहुनेछ । शोको बजार व्यवस्थापन तपस्या क्रिएसनले गरेको छ ।






