मोरङ,
माघ ५ ।
ज्योतिराज राईको निर्माणमा बन्न लागेको चलचित्र ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ । बिहीबार मोरङको बेलबारीमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको मुहूर्त परम्परागतभन्दा केही भिन्न तवरबाट गरिएको थियो ।
मुहूर्तमा स्थानीय विजुवाले तीन चुला र चिण्डोलाई पूजासहित पुर्खाहरू सम्झँदै मुहूर्त गरेका थिए । मुहूर्त कार्यक्रममा लेखक तथा निर्देशक नवीन सुब्बा, मिलन चाम्स, बेलबारी नगरपालिका-११ का वडाध्यक्ष विक्रम वान्तबालगायत थुप्रै स्थानीय कलाकर्मीको उपस्थिति थियो ।
कार्यक्रममा कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुहूर्त सट दिँदा त्यसको निर्देशक नवीन सुब्बा, क्यामरा रोल वडाध्यक्ष विक्रम वान्तबा र क्ल्याप मिलन चाम्सले पड्काउनुभएको थियो । यो चलचित्रलाई किरण राईले निर्देशन गर्दै हुनुहुन्छ ।
याशेली योङ्हाङ, भुवन सिंह राई, सुस्मा सुब्बा, सरोज खालिङ, वविन राई, अनुशा राई, सारा राई, त्रिचु राई, उत्तम राई, दयाहाङ राई, उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बू, दिनेश कोइराला, हेम दिलुङ्छा, विनोद पोमो, प्रकाश सुब्बालगायतको अभिनय रहने चलचित्रमा बाबु श्रेष्ठको छायांकन रहनेछ । फिल्मका मुख्य सहायक निर्देशक बारत लिम्बू हुनुहुन्छ ।






