समिक्षा र महेन्द्रको स्वरमा ‘पिर पर्‍यो’ (भिडियोसहित)

काठमाडौं,
पुस २७ ।

समिक्षा अधिकारी र महेन्द्र बिकको स्वरमा रहेको गीत ‘पिर पर्‍यो’ सार्वजनिक भएको छ । रमेशकुमार श्रेष्ठको शब्द, अलिस कार्कीको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मिस्टर काजिले निर्देशन गरेको गीतको भिडियोमा आकाश श्रेष्ठ र बिना राउतलाई फिचरिङ गरिएको छ । जितु तामाङको छायांकन, मन्दिर दोङ्गको मेकअप, लाक्पा दोर्जी तामाङको कोरियोग्राफर, रवि भुजेलक व्यवस्थापक रहेको गतीको भिडियोमा विजय दोङ्गको आर्ट द्ध छ भने पोस्ट स्टुडियो ब्राईटलाइट पिक्चर्स रहेको छ ।

गीतको भिडियो कलाकार, निर्माता तथा निर्देशक ईश्वर थापाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार