काठमाडौं,
पुस २६ ।
गीतकार डम्बर विकलको नयाँ गीत ‘हरामी हुन् मन छ’ सार्वजनिक भएको छ । राजन श्रेष्ठको स्वर र रिमेशकुमार थापाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नेपमेलो र टौवा स्टुडिओको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतले प्रेम, संघर्ष र पहिचानका भावनाहरूलाई समेटेको छ ।
शान थापाको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खड्का र एलिसा शर्मालेलाई फिचरिङ गरिएको छ । भिडियोका कार्यकारी निर्माता बिशाल कार्की हुनुहुन्छ भने छायांकन बुद्ध थापा र सम्पादन विवेक सुनारले गर्नुभएको छ । गीतको भिडियो नेपमेलोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






