रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश, ६५ लाख माग

पोखरा,
पुस २५ ।

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । न्यायाधीश नीतिज राईको इजलासले यस्तो आदेश दिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका लामिछाने अहिलेसम्म कास्की प्रहरीको हिरासतमा थिए । उनलाई सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी प्रकरणमा अभियुक्त बनाउँदै मुद्दा दायर भएको थियो ।

यस्तै, कास्की जिल्ला अदालतले छविलाल जोशी बन्जाडेसँग पनि ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा डीआईजीसमेत रहेका जोशीलाई धरौटीमा रिहा गर्न आदेश भएको हो । जोशी रवि लामिछानेका व्यापारिक साझेदार हुन् । छविलाई गत असोज ६ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार