काठमडौं,
पुस १८ ।
काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो । भूकम्पको धक्का काठमाडौंसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।






