‘जुना’को फष्टलुक पोष्टर सार्वजनिक

काठमाडौं,
पुस १२ ।

चलचित्र ‘जुना’को फष्टलुक सार्वजनिक भएको छ । आगामी माघ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको फस्टलुकमा फिल्मकी प्रमुख कलाकार अस्मिता ढकाललाई सोलो रूपमा प्रस्तुत गरिएको छ । पोष्टर राकेश दाहालले डिजाइन गर्नुभएको हो ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण, जीवन सेञ्चुरीको निर्देशन छ । चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय छ ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी छ । चलचित्रमा राजबहादुर सानेको कथा, बिबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार