काठमाडौं,
पुस ५ ।
चलचित्र ‘जुना’ आगामी माघ २५ गतेदेखि सिनेमाघरमा आउने भएको छ । गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको यस चलचित्रले नेपाली समाजका विकृति विसंगतिलाई पर्दामा उतारेको छ ।
जीवन सेञ्चुरीको निर्देशनमा बनेको यस चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ । चलचित्रले ‘बालविवाह सामाजिक अपराध हो’ भन्ने सन्देश दिँदै समाजमा व्याप्त महिला हिंसा, बहुविवाह, बलात्कार जस्ता कुप्रथाको अन्त्यका लागि जनचेतना फैलाउने उद्देश्य राखेको छ ।






