काठमाडौं,
पुस ३ ।
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्षको डिसेम्बर १८ को दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउने गरेको छ । त्यसलाई समर्थन गर्दै नेपालले पनि हरेक वर्षको डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमहरु गरेर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै आइरहेको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ ।
दिवसको सन्दर्भ पारेर नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन् ।






