काठमाडौं,
पुस ३ ।
विश्वराम कार्कीको स्वरमा रहेको गीत ‘साइलो’ सार्वजनिक भएको छ । गायक स्वयमकै स्वर, शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बिक्रम चौहानको निर्दैशन रहेको गीतको गीतको भिडियोमा गायक विश्वरामसँगै नायक जयकिशन बस्नेत, रामशरण जंगम, दीपा पनेरू, मेगेन्द्र सुवेदी, ज्याक गुरुङ, कृष्णमाया सुनुवार, सुरेन्द्र पौडेल, भीमसेन दाहाल, सपना केसी, कमल श्रेष्ठ, कृष्ण केसी, दिया लामालगायतको अभिनय छ । गीतले समाजमा रहेको छुवाछूत प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।
प्रकाश खड्काको छांयाकन रहेको गीतको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गायक कार्कीको यसअघि ‘कट्टा हान्दिन्छु’ बोलको गीतले बजारमा राम्रै चर्चा पाएको थियो । सोही गीतको सिक्वेल पनि छिट्टै बजारमा ल्याउने गायक कार्कीले जानकारी दिनुभयो ।






