काठमाडौं,
मंसिर २४ ।
रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको गीत ‘पग्लियो यो मन’ सार्वजनिक भएको छ । सरगम राईको शब्द तथा सङ्गीत र सविन लिम्बुको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्याउनकोलागी आतुर प्रेमील जोडीको मनो भावनालाई गीतमा चित्रण गरिएको छ ।
सोनम पाख्रिनको निर्देशन रहेको गीतको भिडियोमा रवि सुवेदी र बिना राउतलाई फिचरिङ गरिएको छ । विशाल थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको यो गीतको भिडियो रवि सुवेदी अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।






