‘महाभोज’ निर्माण हुने

काठमाडौं,
मंसिर १९ ।

चलचित्र ‘महाभोज’ निर्माण हुनेभएको छ । दिनेश राउतको निर्देशन रहने यो चलचित्रको माघको पहिलो सातादेखि छायांकन सुरु हुने भएको छ ।

विकास सुवेदीको लेखन रहेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, मिरुना मगर, मलिका महत, अञ्जना बराइलीको शीर्ष भूमिका रहने निर्माणपक्षले जनाएको छ ।

क्लर्क वर्क क्रिएसनले निर्माण गर्ने यो चलचित्र सामाजिक कथावस्तुमा बन्न लागेको हो । पोखरा आसपासमा छायांकन लक्ष्य राखिएको चलचित्र आगामी जेठमा प्रदर्शनमा आउनेछ ।

यसमा तपाइको मत

अन्य समाचार