‘जन्ते बाख्रो’मा गरिमा शर्मा अनुबन्धित

काठमाडौं,
मंसिर १६ ।

चलचित्र ‘जन्ते बाख्रो’मा अभिनेत्री गरिमा शर्मा अनुबन्धित हुनुभएको छ । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने यो चलचित्रमा गरिमा मुख्य भूमिकामा अनुबन्धित भएको बताइएको छ । निर्माणपक्षले सौगात मल्ल र आशिफ शाहपछि गरिमालाई अनुबन्धन गरेको हो ।

कमेडी कथावस्तुमा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेख्नुभएको हो । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ ।

मुइन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रमा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । चलचित्रको छायांकन हरि हुमागाईंले गर्ने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार