शिव परियारको स्वरमा ‘तिमीलाई अझै धर्म लाग्छ’(भिडियोसहित)

काठमाडौं,
मंसिर १६ ।

शिव परियारको स्वरमा रहेको गीत ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक भएको छ । जिएम दीपु दीपेन्द्रको शब्द, राजकुमार बगरको संगीत तथा मिक्सिङ एवं मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सञ्चारकर्मी त्रिसा केसीको निर्देशन रहेको गीतको भिडियोमा आश्मा गिरि र अनुपजंग थापा ९विचित्र०को अभिनय छ । आश्मा र अनुपलाई अभिनयमा लिजन बराइली र श्रीजन सुनारले बाल कलाकारका रूपमा साथ दिनुभएको छ ।

प्रेमीबीच माया प्रेम र शंकाले जीवनमा पर्ने उतारचढावलाई समेटेर बनाइएको गीत मर्मस्पर्शी रहेको छ । भिडियोमा मुकुश हुमागाईं र टिमको छायांकन, मिन रावलको सम्पादन तथा कलरिङ छ ।

यसमा तपाइको मत

अन्य समाचार