जनक रावल र विमला रिजालको स्वरमा ‘मुखले तिमी बोलिनौ’ (भिडियोसहित)

काठमाडौं,
मंसिर १५ ।

जनक रावल र विमला रिजालको स्वरमा रहेको गीत ‘मुखले तिमी बोलिनौ’ सार्वजनिक भएको छ । जनककै शब्द एवम् संगीत, सन्दीप कार्कीको एरेञ्ज र विशन मानन्धरको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मुकेश नेपालीको निर्देशन रहेको गीतको भिडियोमा विकास लामिछाने र अञ्जु चौलागाईंलाई फिचरिङ गरिएको छ । गीतमा माया प्रेमका भावना व्यक्त गरिएको छ ।

वीरेन्द्र भाट ‘विपिन’को छायांकन रहेको गीतको भिडियो विपिनकै सम्पादन छ । भिडियो गीतकार रावलकै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

केही समय पहिले ‘खाटा बसेको घाउ’ कथासंग्रह पाठक माझ ल्याउनुभएका जनकको ‘सिमसिमे पानी पर्‍यो’, ‘भुल्यौं कि मायाले’ लगायतका थुप्रै गीत लोकप्रिय छन् ।

यसमा तपाइको मत

अन्य समाचार