कविता : मौनताभित्रको चीत्कार

✍️ डा. डीआर उपाध्याय

सुरक्षीत आश्रयको खोजीमा भौंतारिंदै छिन उनी
केही समयदेखि आफन्तबाटै यातना पाउदैछिन उनी
निस्किए सबै प्रियजन मखुन्डोधारी
स्वप्नलोक देखाइ ल्याए समुद्र-मरुभूमि पारी
झिलिमिलीमा सर्वत्र निराशाको अन्धकार देख्दैछिन उनी
बन्द ओठको मौनता भित्र चीत्कार गर्दैछिन उनी
केहीसमयदेखी आफन्तबाटै यातना पाँउदैछिन उनी
घरीघरी बगाउँछिन अश्रुधारा बाबुआमा सम्झेर
जान्दछिन सम्पर्कविहिन उनीहर छटपटिएको होलान कल्पेर
अरुले दिएका पीडा जेनतेन सहन्छिन
लाग्छ रिंगटा आफ्नै प्रियतमको क्रुरता देखेर
मानसिक असन्तुलनको सम्भावनाबाट तर्सिंदै छिन उनी
केही समयदेखि आफन्तबाटै यातना पाउँदै छिन उनी
हिजोआज बढन थाल्यो दूधेछोरीको पीर
हुर्किन्छिन कसरी छातीमा धस्छ विषालु तिर
नजिक भए पठाइदिन्थिन बालिकालाइ माइतीमा
आसको हरियाली कतै छैन जताततै सुनसान भीर
सन्तापको लप्काबाट पलपल झुल्सिंदैछिन उनी
केही समयदेखि आफन्त्बाटै यातना पाउँदैछिन उनी !!

यसमा तपाइको मत

अन्य समाचार