काठमाडौं,
मंसिर १० ।
प्रताप दास र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘तिमीलाई पाउँदा’ सार्वजनिक गरिएको छ । नरेश प्रधानको शब्द रचना, एलिस कार्कीले संगीत सिर्जना, बाबु प्रधानको संगीत संयोजन र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेस खड्काको निर्देशन रहेको प्रेमिल गीतको भिडियोमा कुन्साङ बम्जन र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन, विकास धमलाको सम्पादन रहेको रहेको भिडियोमा राजेन्द्र मोक्तानको कलरिङ र समरा जोशीको मेकअप रहेको छ । गीतको भिडियो स्टुडियो साउण्डमिलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






