कृष्ण मूर्तीजी महाराज सम्मानित

काठमाडौं,
कात्तिक १४ ।

यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजलाई रोल्पा कलाकार समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेपालकै चर्चित कार्यक्रम इन्द्रेणीमा समाजले वालयोगेश्वर महाराजलाई सम्मान गरेको हो ।

विगत १७ बर्षदेखि निरन्तर रुपमा सामाजिक,सास्कृतीक,साङ्गीतिक, धार्मिक तथा आध्यात्मिक क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको उच्च मूल्याङकन गर्दै समाजले वालयोगेश्वर महारजलाई सम्मान गरेको रोल्पा कलाकार समाजकी अध्यक्ष राधिका हमालले जानकारी गराउनुभयो ।

वालयोगेश्वर महाराजलाई पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गर्नुभएको थियो । त्यस्तै मानव सेवा फाउण्डेसनले पनि पूर्व उपराष्ट्रपति पुनसहित रोल्पा कलाकार समाजलाई सम्मान गरेको छ ।

नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको आयोजना गरेर वालयोगेश्वर महाराजले सनातन धर्मको क्षेत्रलाई ठूलो योगदान पुर्‍याउनुभएको थियो । त्यस्तै उहाँको संकल्पमा ललितपुरको गोदावरी नगरपालिकामा मामाघर आश्रम र भक्तपुरको ताथलीमा छोरीको घर आश्रम पनि सञ्चालनमा छन् ।

यसमा तपाइको मत

अन्य समाचार