‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भदौ १८ ।

यही शुक्रबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक गरिएको छ । सोनु कक्कर र समिर चौरासियाको स्वर, प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको सङ्गीत रहेको गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डकको नृत्य छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतमा सुनिता श्रेष्ठको कष्ट्युम छ ।

गीतमा निकितालाई निकै ग्ल्यामर लुक्समा देखाइएको छ । कलाकार प्रकाशको तराईं मूलको गेटअप आकर्षक देखिएको छ । गीत भारतको मुम्बईस्थित कैलाश स्टुडियोमा रेकर्ड गरिएको हो । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रको निर्मातामा पूजा शर्मा हुनुहुन्छ । चलचित्रमा सुशन पाठक कार्यकारी निर्माता रहनुभएको छ ।

चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पाद छ ।

यस चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार