काठमाडौं,
भदौ ११ ।
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म २०८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २९, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २०८ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ४२, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा २५, कर्णाली प्रदेशमा ६७ र सुदूरपश्चिम प्रदेशमा ३६ जना गरी जम्मा २ ७१ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा ३३, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा १०१ जना गरी जम्मा २१५ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५३ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ४०८ घर डुबानमा परेका छन् । ३६४ वटा घर, १२६ वटा गोठ, ५२ वटा पुल, ६ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९७२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ६ हजार ४९ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।






