कन्हैया सिंह परियारको स्वरमा ‘वा रे वा…’ (भिडियोसहित)

काठमाडौं,
साउन ३० ।

कन्हैया सिंह परियारको स्वरमा रहेको गीत ‘वा रे वा…’सार्वजनिक भएको छ । डि आर राईको शब्द, सन्तोष श्रेष्ठको संगीत निर्देशन र आमोस तामाङको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सञ्जीव तामाङको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा अपेक्षा सिंह र सञ्जीव तामाङ नै फिचर्ड हुनुहुन्छ । नृत्यपरक गीतको भिडियो कन्हैयाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कीर्तिपुरका रमणीय लोकेशनमा छायांकन गरिएको यो गीतको आकर्षक बनेको छ । देव दोर्जे लामाले छायांकन गरेको भिडियोमा जोन राईको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार