माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं,
साउन २६ ।

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्नेछ । हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् ।

यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार