माधव भण्डारीको स्वरमा ‘कृष्ण कालेले’ (भिडियोसहित)

काठमाडौं,
साउन २६ ।

पछिल्लो समय विभिन्न भजन श्रोता/दर्शकमाझ ल्याइरहनुभएका गायक माधव भण्डारीले कृष्ण भजन ‘कृष्ण कालेले’ सार्वजनिक गनुभएको छ । भण्डारीले आफ्नै स्वर, शब्द र संगीत संयाजोन रहेको शिव भजन सार्वजनिक भएको हो ।

सुदूरपश्चिमको अत्यन्तै लोकप्रिय गीत ‘सुर्खेत बुलबुल ताल’ को भाकामा तयार पारिएको यस भजनको भिडियो लाइभ प्रस्तुति शैलीमा छायांकन गरिएको छ ।

गीतमा गायक माधव भण्डारीलाई मादलमा कुमार लामिछाने र गोविन्दले, ढोलकमा दीपक समीपले, बाँसुरीमा करन परियारले, किबोर्डमा गेम थापाले र अक्टोप्याडमा प्रितम थापाले साथ दिनुभएको छ ।

भण्डारीको स्वरमा रहेको सयौ गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । भजन ‘कृष्ण कालेले’को भिडियो माधव भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार