काठमाडौं,
साउन २६ ।
निर्देशक ओम प्रतीकको निर्देशनमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘मोहर’ मा अभिनेत्रीको रूपमा बेनिशा हमाल भित्रिनुभएको छ । निर्माण संस्थाले शुक्रवार अभिनेत्री हमाललाई मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो । निर्देशक प्रतीकका अनुसार अभिनेत्र हमालसंग शुक्रवार नै कागजी सम्झौतासमेत गरिएको छ ।
योसँगै अब यो चलचत्रिमा पल शाह, नीति शाह, अर्जुनजंग शाही तथा बेनिशा हमालको मुख्य भूमिका रहने निश्चित भएको निर्देशक ओम प्रतिकले कलाकर्मीलाई जानकारी दिनुभयो । चार जना योग्य कलाकारको सहभागिताले ‘मोहर’ को लाइनअप बलियो भएको निर्देशक प्रतिकको तर्क छ ।
निर्देशक ओम प्रतिकले दुई महिनाअघि एउटा पोस्टर सार्वजनिक गर्दै यो चलचित्र निर्देशन गर्ने घोषणा गर्नुभएको थियो । नीतिसँगै अभिनय गर्ने एक जना अभिनेत्री तथा एक जना अभिनेताको खोजि भइरहेको छ ।
फिल्म मेकर्स प्रालिको ब्यानरमा बन्ने यो चलचित्रका निर्माता चुम्बन जंग शाही हुनुहुन्छ । दिपेन बस्न्यातले छायांकन गर्ने यो चलचित्रमा कुमार महर्जनको द्वन्द निर्देशन रहने छ । कमेडी, एक्सन, सोसल ड्रामा तथा लभ स्टोरीसहितको जनरामा बन्ने यो चलचित्रको छायांकन आगामी माघ महिनादेखि प्रारम्भ गरिने निर्माण पक्षको योजना छ ।
यो चलचित्रमा सुरेश अधिकार तथा एसडी योगी तथा प्रमोद ढुंगाना र हर्क साउद गीतकारको रुपमा रहने छन् ।चलचित्रको प्रोडक्सन डिजाइन भने लक्ष्मण राज पौडेलको रहने छ । निर्माण व्यवसायी चुम्बनजंग शाहीले ‘मोहर’ को कथा तथा स्क्रिप्ट अत्यन्तै मन पराएर यो चलचित्र निर्माण गर्न लागेको बताउनुभयो ।






